काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । नेता बाबुराम भट्टराईको निवासमा आइतवार (आज) बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
तर विश्वासको प्रस्तावको विपक्षमा मत दिने वा तटस्थ बस्ने भन्ने विषयमा सांसदहरूलाई निर्णय गर्न दिने निर्णय भएको छ । जसपाका सांसदहरूले ओलीलाई विश्वासकाे मत दिने छैनन् तर विपक्षमा मत दिन भने स्वतन्त्र हुनेछन् ।
नेता भट्टराईले ट्विटरमार्फत आजको बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारक...