नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले नेपाल र माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका हुन् ।उनले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रचण्डको सचिवालयका तर्फबाट रमेश मल्लले लेखेका छन्, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्र