रुपन्देहीको सैनामैनामा अस्थायी प्रहरी पोस्ट स्थापना

रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी प्रहरी पोस्ट, रामापुर कलौनी स्थापना गरिएको छ । पालिकाको वडा नम्बर-६, रामापुरमा प्रहरी पोस्टको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशीले स्थानीयको माग र आवश्यकतालाई बुझेर करिब २ वर्षदेखि रामापुरमा सुरक्षा युनिटको आवश्यकता महसुस  गरेको र पोस्ट निर्माण गर्न सफल भएको बताए ।

सम्बन्धित सामग्री

शान्ति सुरक्षाका लागि छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना

रुपन्देही– रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गए पछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो । भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकोले र बढ्दो चोरी, […]