प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा भइरहेको बहसमा हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा पनि न्यायाधीशहरूले नरोकेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्य व्यक्त गरेका छन् ।
अधिवक्ताको नामै नलिई ओलीले सर्वोच्चमा प्रचण्डका कार्यकर्ताले हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले प्रचण्डपथ सर्वोच्च अदालतमा समेत चर्चा हुन थालेको बताए ।
‘प्रचण्डपथ यति व्याप्त भइसक्यो । नेपाली कांग्रेसले अंगालेपछि त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्...