जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । एकैपटक अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।