झोलाको खोला खोज्दै सरकार, यी हुन् पीपीएपछि सम्पर्कविहीन बनेका आयोजना

सरकारले विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेर सम्पर्कविहीन भएका आयोजनाहरूको सूची खोज्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पीपीए गरेर सम्पर्कविहीन बनेका आयोजनाहरूको सूची खोज्ने बताएकी हुन् । मन्त्री भुसालका अनुसार वर्षौं अघिदेखि आयोजना बनाउने भन्दै खोला ओगटेर बसेका लगानीकर्ताको सूची निकालेर छिटो निर्माणमा जान दबाब दिने तयारीमा मन्त्रालय लागेको हो । भुसालले भनिन्, ‘नेपालको विद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट भएपनि आर्थिक रूपमा ४३ हजार मेगावाट ज