काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलि नै गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिने संकेत गरेका छन्। शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी गठबन्धनको सरकारमा छौँ। अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ। अब केही मन्त्रालय पनि हामीले छिट्टै आज भोलि नै पाउने गरी टुंग्याउँदै छौँ।’गठबन्धनका साझा न्यूनतम कार्यक्रममा शहीद र बेपत्ता योद्धाहरूको पक्षमा राज्यको तर्फबाट पहिलो पटक कार्यक्रम समावेश गरेको समे