देश प्रेमले भरिएको गीत ‘हामी नेपाली हामी गोर्खाली’ सार्वजनिक

वीर गोर्खालीको रुपमा नेपालीको पहिचान विश्वमा रहेको छ । यही पहिचानलाई अझ झल्काउने काम गीत ‘हामी नेपाली हामी गोर्खाली’ मार्फत गरिएको छ । सुरेशराज पाठक,  मधुसुदन थापा मगर, ममता गुरुङको स्वर रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘हामी नेपाली हामी गोर्खाली’ सार्वजनिक भएको छ ।कल्पना आङ्गबुहाङ्गको शब्द रहेको गीतमा अशोककुमार राईको संगीत छ । गीतको भिडियो बेलायतमा निर्माण भएको हो । जसमा बेलायतका स्थापित कलाकार रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने

सम्बन्धित सामग्री

रोजगारीसम्बन्धी कानून र युवा पलायन

आर्थिक, शैक्षिक, सामाजिक समस्या समाधानका लागि युवा पुस्ता अहिले विदेश पलायन हुने क्रम तीव्र छ । प्रत्येक घरबाट एकजना छोराछोरी शिक्षाको सपना बोकेर होस् या रोजगारीको लागि होस्, नेपाली भूमि छाडेर विदेश जाने गरेको वास्तविकता हामीबाट लुकेको छैन । युवा पुस्ताले विदेशमै बसोवास गर्ने योजना पनि बनाएका हुन्छन् । यस्तो अवस्थाले गाउँ नै रित्तिने अवस्था आउनेछ ।  वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७५ हजार युवा विदेश गएको देखिन्छ । त्यस्तै आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ साल फागुनसम्म ५५ लाख २६ हजार ७ सय जना व्यक्तिले वैदेशिक रोजगारीमा जान औपचारिक श्रमस्वीकृति लिएको देखिएको छ । आव २०७८/७९ मा वैदेशिक अध्ययनमा जान चाहने १ लाख १४ हजार १ सय ३४ जना विद्यार्थीलाई अनुमतिपत्र प्रदान गरिएको कुरा शिक्षा मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदनबाट देखिन्छ । भारतबाहेक तेस्रो मुलुकमा अध्ययन तथा रोजगारीका लागि औपचारिक तथा अनौपचारिक रूपमा पुग्ने नेपालीहरूको संख्या ५० लाख हाराहारी पुगेको अनुमान गरिएको छ । राष्ट्रिय जनगणना २०७८ ले घर परिवारबाट अलग भई विदेशमा बसोवास गर्दै आएका नेपालीहरूको संख्या २२ लाख रहेको देखाएको छ । वर्षेनि यो तथ्यांक बढ्नेबाहेक घट्ने अवस्था छैन ।  अध्ययनका लागि बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, कोरिया, भारत, चीनजस्ता देश विद्यार्थीहरूको रोजाइमा पर्ने गरेका छन् । रोजगारीका लागि भने मलेशिया, कतार, दुबईजस्ता खाडी मुलुक पुग्ने गरेका छन् । व्यावसायिक दक्षता, शीप, ज्ञान भएका व्यक्तिहरू आकर्षक तलबका लागि श्रम गर्न विदेश जान थालेका छन् ।  सन् १८१६ को सुगौली सन्धिपछि नेपाली युवाशक्ति गोर्खाली सेनाको रूपमा भर्ना भई विदेश पुग्ने गरेको इतिहास छ । देशमा आर्थिक उदारीकरणको शुरुआतपछि युवा पुस्ता रोजगारको लागि विदेश पुग्न थालेका हुन् । दिनहुँजसो विमानस्थलमा देखिने भीडले विदेशप्रति नेपालीहरूको मोह देख्न सकिन्छ । के युवा शक्तिलाई यो देशले चिन्न नसकेको हो ? मानिसको स्वभाव नयाँ अवसर खोज्दै हिँड्ने भएकाले अध्ययन र रोजगारीको बहानामा भविष्य खोज्दै विदेश हिँड्नुलाई स्वाभाविकै मान्नुपर्ने तर्क अर्थशास्त्रीहरूको रहेको छ ।  आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्ने संकल्पका साथ २०७२ सालमा नेपालको संविधान जारी भयो । संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक प्रदान गरेको छ । यो मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायताका लागि संघीय कानून बनाउनुपर्ने कुरामा संविधानले जोड दिएको छ । यसैअनुसार प्रत्येक नागरिककलाई रोजगारीको सुनिश्चितता र क्षमताअनुसार रोजगारी छनोटको अवसर प्रदान गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ जारी भएको छ । यस ऐनले नागरिकलाई आफूले चाहेको रोजगारी छनोट गर्न पाउने, स्वेच्छाले रोजगार छोड्न वा परिवर्तन गर्न पाउने, व्यक्तिको उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिंग, भाषा, क्षेत्र, वैचारिक आस्था वा कुनै आधारमा रोजगारीमा भेदभाव गर्न नपाइने, विना कारण रोजगारबाट हटाउन नपाइनेजस्ता अधिकार सुनिश्चित गरेको छ ।  बेरोजगार व्यक्तिलाई रोजगार दिनुपर्ने गरी कानून बनिसकेको छ । बेरोजगारको सहायताका लागि रोजगारमूलक तथा शीपमूलक तालीम प्रदान गर्ने, सूचना उपलब्ध गराउने, बैंक तथा वित्तीय संस्थामार्फत स्वरोजगारका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, स्वरोजगार सृजना गर्ने विषयमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको तीनै तहले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्छ । तर, कानूनमा उल्लेख गरेजस्तै देशमा रोजगारीको अवस्था सृजना गर्न र बेरोजगारलाई रोजगारी प्रदान गर्न सकेको छैन । स्वदेशमा रोजगारीको अवसर नपाएर नै लाखौं नेपालीहरू विदेश पुगी श्रम गर्न बाध्य हुनु परिरहेको छ ।  वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजीलाई स्वदेशमा उत्पादनमूलक काममा लगाउन प्रोत्साहन गर्ने राज्यको नीतिलाई हेर्दा देशले वैदेशिक रोजगारीलाई मान्यता दिएको प्रस्टिन्छ । अहिले विदेशबाट नेपालीले कमाई पठाएको विदेशी मुद्रा नै देशको अर्थतन्त्र र घरपरिवारको अर्थोपार्जनको बलियो आधार बनेको छ । देशको विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो आधार विप्रेषण भएको छ । यस अवस्थामा नेपालीहरूलाई विदेशमा श्रम गर्न पठाउनबाट रोक्न सकिने अवस्था छैन । अहिले युवा पुस्ताका लागि विदेशी भूमि टेक्नु रहर र बाध्यता दुवै हुने गरेको छ । विदेश जानेहरूमा चिकित्सक, नर्स, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, वकिलजस्ता बौद्धिक जनशक्तिसमेत देखिएको छ । नेपालमा रोजगारीको कमी, योग्यताको कदर नहुने, काम पाए पनि तलब कम हुनेजस्ता कारणले बौद्धिक जनशक्तिसमेत विदेशिने गरेको छ । आर्थिक रूपले भविष्य सबल होस् भन्ने चाहना बोकेर नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेको अहिलेको अवस्थाले देखाएको छ । यो स्थितिमा देशमा योग्यता र क्षमताको आधारमा काम पाउने वातावरण बनाउनुपर्छ । देशमा शिक्षा, स्वास्थ्यलाई समयानुकूल बनाई जीवनयापनको आवश्यक पूर्वाधार, सामाजिक सुरक्षा, न्याय, कानूनको शासनमार्फत समुन्नत समाजको निर्माण गर्न सकेको खण्डमा विदेशप्रतिको मोह घट्दै जानेछ । नेपालीहरू विदेशिने कार्यलाई रोक्न विधि निर्माताहरूले सोच्नुपर्ने अवस्था आइसकेको छ ।  लेखक अधिवक्ता हुन् ।

हामी र हाम्रो गौरव

भारतकोे रंग र फूल अनि चीनका पटाका र झिलिमिली बत्ती मगाएरै सही यसपालि तिहार भने खुब मनाइयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समेत सकियो र यो वर्षका मुख्य चाडपर्वहरू पनि सकिए । तर चाडपर्वमा बढी नै रमाउने गरेका हामी निराश भइहाल्नु पर्दैन । किनकि देशमा राजनीतिक, न्यायिक र सामाजिक क्षेत्र जताततै अनेकखाले पर्व र जात्रैजात्रा चलिरहकै छन् र चलिरहने नै छन् । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? चारैतिर निराशा छ । न राजनीति, न न्याय, न शिक्षा, न अर्थतन्त्र सही छ । तर निराशावादीहरूका बीचमा हामीले आशाका किरणहरू खोज्नैपर्छ र हाम्रा पुराना गौरवहरूलाई ब्यूँताउनैपर्छ । शायद त्यसैले झीनो स्वरमै सही केही मानिसहरू राजतन्त्र फर्किने वा फर्काउने कुरा गरिरहेका छन् । वर्तमानमा काम नगर्ने र भविष्य नसोच्नेहरूको काम नै अतीतलाई राम्रो देख्नु हो । त्यसैले पो हो कि खराट गणतन्त्रवादी पनि राजतन्त्रको पक्षमा बोल्न थालेका छन् । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि हामी हिजोभन्दा आज झन् झन् स्वतन्त्र हुँदै गैरहेका छौं । त्यसैले जसलाई जे गर्न मन लाग्यो, जे बोल्न मन लाग्यो मज्जाले पाएका छन् । विगतमा न्यायालयको विषयमा चु सम्म बोल्न पाइन्नथ्यो, आज सडकको बहसको विषय भैसकेको छ । बातले जित्नुपर्ने वकिलहरू मुक्का र हातले नपुगेर लात पनि चलाउन थालेका छन् । योभन्दा बढी स्वतन्त्रता विश्वमा कतै होला र ?   वास्तवमा हाम्रा गौरवहरूलाई हामीले गन्न र भन्न बिर्सेका मात्र हौं । मध्य सडकमा यत्रतत्र फ्ँयाकिएका प्लास्टिक र फोहोरलाई नै हेरौं न, ती हाम्रा दुःखले आर्जेका स्वतन्त्रताका प्रतीक हुन् । यसले हाम्रो देश समृद्धतर्फको यात्रामा अगाडि बढिरहेको संकेत गर्दछ । हामी पुगीसरी आएका कारण जताततै जे पनि छर्ने वा फ्ँयाक्ने हैसियतमा पुगेका हौं । यसको मतलव हामी मध्य आय भएको राष्ट्रको दर्जामा पुग्ने आधा बाटोमा छौं भन्ने पनि हो । हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ? हाम्रोे देश यति धेरै स्वतन्त्र भैसकेको छ कि हाम्रा सरकारहरू पनि पूर्ण स्वतन्त्र नै छन् । त्यसैले सरकारले सडक लगायत राज्यका सम्पत्तिहरू दशकौंदेखि यत्तिकै विनामर्मत–सम्भार छाडिदिएका छन् । किनकि यो जनता आफैले आफ्नै तालले मर्मत गरून् भनेर छाडिएका हुन् । संसारमा कुन चैं देश यसरी सरकारी हस्तक्षेपविना यति धेरै स्वतन्त्र चलेको छ र ? यस्तो स्वतन्त्रता क्रमशः राज्यका अन्य अंगहरूमा पनि दिन दुईगुना रात चौगुनाका दरले झाँगिइरहेको छ । त्यसैले जसले जेसुकै भनून्, हामी हाम्रो देशलाई माया गर्छाैं, फोहोर होस् वा मोहोर सबै सबै चीजलाई । आखिरमा हाम्रो देश भनेको वीर गोर्खाली भनेर त्यसै चिनिएको हैन नि ⁄ हामी सगरमाथाको देश हो, चाहे दुई तिहाइ भाग चीनमा परेको किन नहोस् । यो डाँफेचरी बस्ने देश हो, जो अहिले लोप हुने अवस्थामा पुगेको छ । हामी हाम्रा राष्ट्रिय जनावरहरूलाई यति धेरै माया गर्छाैं भन्ने त मुख्य जनावरका तस्वीरहरू राष्ट्र बैंकले नोटमा छापेकै कारणले नै प्रमाणित हुन्छ । जंगलमा के भइरहेछ भन्ने कुरा गौण हो । बुद्ध र सीता नेपालमै जन्मेको त नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुनुभन्दा धेरै पहिलेदेखि नै हो । अझ भनौं राष्ट्रसंघको जन्म हुनुभन्दा र राष्ट्रसंघलाई जन्म दिने देशहरू जन्मनुभन्दा पनि धेरै पहिलेदेखि नै हो । अझ राम समेत नेपालमै जन्म्या हो भनेर ‘बा’ले ठोकुवा गर्‍यागर्‍यै छन् । अझ हाम्रा अरनिको बाजेले स्तुपा बनाउन नसिकाएको भए त चाइनिजहरू अहिलेसम्म पनि शायद जंगली नै रहिरहन्थे होला । हामी यस्तो गौरवशाली इतिहास भएको देश पो हो त ! तर अहिले आएर पो हामीलाई अरूले हेप्न थाले बा ! हाम्लाई हेप्ने ? अब भने केही न केही नगरी नहुने भयो । र, केही हुन थालिसकेको पनि थियो । पूर्ववर्ती सरकारले त्यत्रो काम थालिसकेको थियो, गिनिज बुकमा आधाआधी पेज त ती कामले नै भरिन थालिसकेका थिए । तर के गर्नु, फ्याट्ट त्यै सरकार हट्यो । तैपनि चिन्ता छैन । अहिलेको सरकारले पूर्ववर्ती सरकारकै रेकर्ड पनि तोड्न थालिसकेको छ । त्यसैले खबरदार ⁄ कसैले पनि हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत नगरून् ! हामी त दुई ढुंगाबीचको डाइनामाइट पो हो त ! त्यसैले हाम्रो देशको रक्षाकै खातिर पनि हाम्रो सार्वभौम सिमानाभित्र हामीलाई जहाँ मन लाग्यो, त्यहीँ फोहोर फ्याँक्न स्वतन्त्र छौं । सडकमा हाम्रा प्रायः मोटरसाइकल चालकहरूले उपभोग गरिरहेको स्वतन्त्रता त शायद विश्वका कुनै पनि जनताले उपभोग गर्न पाएका छैनन् होला । हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत जसले गर्छ, हामी उसैको देशमा राहदानीविनै छिरिदिन्छौं र त्यहाँ कब्जा जमाइदिन्छौं । हाम्लाई के ठान्या ? हामी यति स्वतन्त्र छौं कि हामीलाई मन लागे जसलाई पनि गाली गर्न वा ताली मार्न सक्छौं । देखिरहनुभएकै छ हाम्रा महान् नेताहरूले एकअर्कालाई गालीको फोहोराले हान्ने गरेका । हाम्रा बुद्धिमान् जनताहरू पनि के कम ? उनीहरू पनि नेताहरूले जे खोके पनि तालीले स्वागत गर्दै तिनका हरेक कुरा मान्ने गरेका ! त्यसैले आउनोस्, हामी सबै लागेर हाम्रा यी परम्परा र हाम्रा यी राष्ट्रिय गौरवहरूलार्ई गर्वका साथ जोगाइराखौं, देशविदेशमा आफ्नो कीर्ति अझ फैलाऔं । हाम्रा साना दुःखले आज्र्याको स्वतन्त्रता हैन, देशी विदेशीहरूले जे गर्न मन लाग्यो, त्यही गर्न पाउने फूलबारी हो यो, सबैलाई चेतना भया !

हामी गोर्खाली कि नेपाली?

पौराणिक नेपाल, प्राग ऐतिहासिक नेपाल, तपोभूमि नेपाल, देवभूमि नेपाल पुण्य भूमि नेपाल आदि अनेक नाम भएकाले नेपाल नामको विवाद होइन, विवाद गर्नु हुँदैन पौराणिक नेपाल र प्राग ऐतिहासिक नेपाल तपोभूमि नेपाल, देवभूमि नेपाल पुण्य भूमि नेपाल नाम सत्य हो। तर, चर्चा गर्नुपर्ने भनेको ऐतिहासिक नेपाल नामका देशको हो, जुन नेपाल देश...