पाल्पा : जिल्लामा व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडा घटाएका छन्।चर्को भाडा असुलेको यात्रुको गुनासोपछि सरोकारवाला पक्षको बैठक बसेर नयाँ भाडादर कायम गरिएको हो। तानसेन नगरपालिका– ९ र आसपासका २०० भन्दा बढी सर्वसाधारणले सार्वजनिक सवारीसाधनमा भाडादर महँगो भएको भन्दै हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए। वडाध्यक्ष राजेशकुमार अर्यालले वडाले जनताको गुनासोलाई समन्वय गरेपछि नयाँ भाडादर कायम भएको बताए। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले यात्रुले गरेको गुनासो र निवेदन