बेँशीशहर–चामे सडकखण्ड मर्मतमा ढिलाइ

मनाङ । अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्डको पुनर्निर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डका धेरै ठाउँमा क्षति पुगेकोे छ । सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यस वर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको उठिवास भएको छ भने विभिन्न पूर्वाधार बगाएको छ । बाढीले सदरमुकामस्थित मर्स्याङ्दी नदीमाथिको पुल बगाउँदा हिँडडुल गर्न समेत समस्या भएको छ । बाढीले पु¥याएको क्षति हेरेर सरकारले मनाङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । स्थानीयवासीलाई राहत उपलब्ध गराउन तथा पूर्वाधार निर्माण गर्न समस्या भएको छ । चामे सडक मर्मतका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको छ । सडक मर्मत गर्न १ करोड ९२ लाख खर्च हुने कार्यालयका इन्जिनीयर सुमन अधिकारीले जानकारी दिए । साउन अन्तिममा सूचना जारी गरेपछि उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित ९१ लाखमा काम गर्ने जिम्मा लिएको छ ।   असोजसम्म मर्मतको काम सक्नेगरी ठेकेदारसँग सम्झौता भएको हो । अहिलेसम्म कामको प्रगति हुन सकेको छैन । नासों गाउँपालिका–३ खोत्रोदेखि तिमाङसम्मको सडक खण्डमा सबैभन्दा बढी क्षति भएको छ । उक्त सडकखण्डमा ठेकेदार काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङले बताए । ‘मर्मतको काम केही भएको छैन,’ उनले भने, ‘सडक पूर्णरूपमा अवरुद्ध भएकाले बेँसीशहर–मनाङम्म खण्डमा सवारीसाधन चल्न सकेका छैनन् । यातायात ठप्प भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न सकिएको छैन् ।’ समयमै सडक मर्मत नहुँदा खाद्यान्न संकट हुने अवस्था छ । सडक मर्मतका लागि ठेक्का लगाए पनि काम भए÷नभएको हेर्ने कुनै निकाय छैन । बाढीपहिरोबाट पुगेको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले हालै निरीक्षण गरेका थिए । ‘सडक छिटो बनाउनुपर्छ भन्नेतर्फ कसैको चासो छैन । सडक सञ्जाल नहुँदा आवतजावत मात्रै होइन, विकास निर्माण र भौतिक संरचना निर्माणका सामग्री ल्याउन सकिएको छैन,’ स्थानीयवासी राम गुरुङले भने । कम मूल्यमा ठेक्का लगाउने र काम नगर्ने प्रवृत्तिले सडक मर्मतमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । तर सडक मर्मतको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले दाबी गरे । ‘बर्खाका कारण समयमै काम पूरा गर्न कठिन भएको छ । एक ठाउँमा बनायो अर्को ठाउँमा भत्किने समस्या छ,’ उनले भने, ‘दशैं अगावै मनाङ सदरमुकामसम्म सवारीसाधन सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ ।’ माथिल्लो र तल्लो मनाङलाई जोड्न करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माण गर्न थालिएपछि भने स्थानीयवासी उत्साहित छन् । माथिल्लो मनाङमा खाद्यान्न अभाव हुँदा मुस्ताङको मुक्तिनाथबाट थोराङ्ला पास (५५४८ किमी अग्लो स्थान) हुँदै खाद्यान्न सामग्री ल्याइएको थियो । रासस

सम्बन्धित सामग्री

धुलिखेल–खावा सडक बिस्तार ढिलाइ

काठमाडौँ, ७ चेत । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त […]

सडक निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

काठमाडौँ,४ पुष । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा धुलाम्य हुँने गरेको छ । साढे दुई वर्षमा काम सक्ने गरी सम्झौता गरिएको खजुरा बजारको मुख्य सडक निर्माणको काम […]

नारायणगढ-मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

चितवन – घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ। प्रमुख जिल्ला […]

नारायणगढ-मुग्लिन सडकखण्ड: क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

भरतपुर – घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध […]

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

चितवन : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कन

नारायणगढ-मुग्लिन सडकखण्ड : छेउका घरटहराको क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

भरतपुर : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति…

नारायणगढ-बुटवल सडकखण्ड बिस्तारमा ढिलाइ, १८ प्रतिशतमात्रै काम सम्पन्न

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडकखण्ड बिस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ। आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो। नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का […]

सवारीसाधन चल्न थालेपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ

सवारीसाधन चल्न थालेपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भासिएको सडकको निर्माणमा ढिलाइ भएको छ । काम गर्ने समयमा रोकिएका सवारीसाधन पास गराउनुपर्ने भएकाले निर्माण कार्यले गति लिन नसकेको हो ।  तनहुँको आबुँखैरेनी गाउँपालिका–४, साँखरमा...

जयगढ–रामारोशन सडक कालोपत्रेमा ढिलाइ

अछामको जयगढ–रामरोशन सडकखण्ड कालोपत्रे योजनामा ढिलाइ भएको छ । सो सडकखण्डको बान्नीगढी–जयगढ गाउँपालिका जयगढ बजारदेखि दर्नासम्मको कालोपत्रे योजनामा ढिलाइ भएको हो ।  सडक कालोपत्रे योजनाको जिम्मा लिएको बज्रगुरु कन्ट्रक्सनले ढिलासुस्ती गर्दा योजनाको कामले गति लिन सकेको छैन ।

बेँसीशहर–चामे सडकखण्ड मर्मतमा ढिलाइ

२३ भदौ, मनाङ । अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेको छ । सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यसवर्ष बाढीबाट धेरै क्षति भएको छ । […]