रंगशाला र जर्सी दुवै रातो भएका कारण ‘होम गेम’मा खराब नतिजा : सोल्सायर

काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले घरेलु मैदानमा खराब नतिजा आउनुमा रंगशालाको रंग भएको निष्कर्ष निकालेको छ। सोल्सायरले रंगशाला र जर्सी दुवै रातो भएका कारण खेलाडीलाई खेल्न गाह्रो भएको बताए। युनाइटेडले पछिल्लो समय रंगशालाको तल्लो भागलाई कालो रंगको कपडाले छोपेको छ। युनाइटेड जारी सिजन लिगको अवे खेलमा अपराजित छ। युनाइटेडले आज राति युरोपा लिगमा ग्रानाडाविरुद्ध घरेलु मैदानमा खेल्नेछ।