प्रधानन्यायाधीशले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई बारको अनुरोध

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई अनुरोध गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन अनुरोध गरेको हो । पत्रमा ‘न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न’ अनुरोध गरिएको छ । बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, […]