केन्द्रीय आयुर्वेद विद्यापीठमा छैनन् पर्याप्त प्राध्यापक, नियमित हुँदैन पढाइ

दाङ : बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बीएएमएस) अध्यापनका लागि ५१ प्राध्यापकको दरबन्दी छ। तर अहिले यहाँ पाँच–सात जनाले मात्रै पढाइरहेका छन्।सीमित प्राध्यापकका कारण नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थी गुनासो गर्छन्। ‘अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर सीमित शिक्षक छन्, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ&rsq