मारमा बेपत्ता परिवार

बाँके फत्तेपुरकी राजरानी गोडियालाई बन्दाबन्दीमा पीडामाथि पीडा थपिएको छ । द्वन्द्वकालमा १४ वर्षे छोरा ब्रह्मदिन बेपत्ता पारिएको पीडा उहाँले अझै भुल्न सक्नुभएको छैन । निम्नआय भएकी राजारानीलाई छोरा बेपत्ताको पीडासँगै अहिले साँझ बिहान के खाने भन्ने चिन्ता थपिएको छ । यस्तै समस्या छ, बाँके कोहलपुरकी कली परियारलाई । श्रीमान् अर्जुन नेपालीलाई राज्य पक्षले बेपत्ता पारेपछि सुरु भएको कलीको पीडा कोरोना कहरमा लगाइएको बन्दाबन्दीले झनै बल्झाएको छ । शरीरको एक भाग र हातखुट्टा नचल्ने कली औषधिविना उभिन सक्नुहुन्न । कलीलाई साँझ बिहान हात मुख जोर्न समस्यासँगै औषधि किन्ने समेत पैसा छैन । जेठो छोरा सिलाइको काम गर्ने भए पनि बन्दाबन्दीका कारण कामविहीन भएर घरैमा बसेका छन् । ‘बेपत्ता श्रीमान्को पीडा छँदै छ, त्यसमाथि कोरोनाले जिउने आधारै भताभुङ्ग पारिदियो । न गरिखान सकिन्छ न त मरिजान नै, सबैले कोरोना–कोरोना भन्छन्, हामीजस्तो पीडितको व्यथा कस्ले बुझ्ने ?’ कलीले आफ्नो पीडा सुनाउनुभयो । यस्तै समस्या कोहलपुरकी देवीसरा विक, बनकटवाकी राधा देवकोटा, नौवस्ताकी कमला विकलगायतलाई पनि परेको छ । वनकटवाकी राधा क्यान्सरको बिरामी हुँदा उपचार गर्दैमा सबै सम्पत्ति सकियो । स्वास्थ्य अवस्था गम्भीर रहेकी उहाँलाई अहिलेको अवस्थाले समस्या पारेको छ ।

सम्बन्धित सामग्री

बेपत्ता परिवार भन्छन्- ‘परिपूरण भए माफी दिन्छौँ’

नेपालगञ्ज – २१/२२ वर्षदेखि आफन्तको सास वा लाशको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारले ‘परिपूरण र स्मृतीकरण’ भए ‘माफी’ दिने बताउन थालेका छन्। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको खोजीमा जीवन बिताएका बेपत्ता परिवारले राज्यले परिपूरण र बेपत्ताको नाममा स्मृति, चोक या सडकको नामाकरण गरिदिए हत्या नै भए पनि माफी दिने बताएका हुन्। बर्दिया जिल्ला […]

प्रचण्डले हातमा चक्कु बोकेर त्यसलाई फूल भन्नुभयो : ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै गठबन्धनबाट भाग्न खोजेको बताउनुभयो । प्रचण्डसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गर्दै ओलीले अहिले धोका दिएको बताउनुभयो । यसअघि प्रधानमन्त्री प्रचण्डले एमालेसँग दुई महिनाको सह...

माओवादीका मन्त्री र सांसदहरुको सचिवालयमा सहिद तथा बेपत्ता परिवारलाई प्राथमिकता

नेकपा माओवादी केन्द्रले पार्टीका मन्त्री र सांसदहरुको सचिवालयमा कर्मचारी नियुक्त गर्दा सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गलाई प्राथमिकता दिन निर्देशन दिएको छ । नेकपा माओवादी केन्द्रको कार्यालय बैठकले सक्षम खालको सहिद तथा वेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता दिने निर्णय गरेको हो ।पार्टीले सहिद तथा बेपत्ता परिवार र घाइते अपाङ्गहरुलाई प्राथमिकता नदिएको गुनासो आएपछि यो निर्णय भएको एक नेताले बताए ।

मधेसवादी दलले चुनावमा शहीद परिवार तथा घाइतेलाई कसरी गर्दैछ व्यवस्थापन ?

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट गर्ने कार्य पनि सुरु गरिसकेका छन् । जिल्लाबाट प्रदेश तथा केन्द्रमा सिफारिस भएका नामहरूमा शहीद परिवार, बेपत्ता परिवार, घाइतेहरूको नाम नपरेको गुनासो हरेक पार्टीमा सुनिन थालेका छन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट लगायत विभिन्न आन्दोलनमा सहादत दिएका थुप्रै शहीद परिवारहरू छन् । ती आन्दोलनमा थुप्रै घाइते पन

उकुसमुकुसमा बेपत्ता परिवार

६८ वर्षीया पुनिया डगौंरा बेलाबेलामा छोराको यादमा झस्किन्छिन् । मध्यरातमा बिउझेर बाबु कहाँ गयो ? भन्छिन् । २१ वर्षअघि बेपत्ता भएको छोराको सम्झानामा बेहोसी जस्तै बनेकी छिन् । यति हुँदा पनि उनले छोरा फर्किने आस भने मारेकी छैनन् ।

मेरो आफन्त खोइ? भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगे बेपत्ता परिवार

बुटवल :  सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै आफन्त र विभिन्न संघ संस्थाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् ।बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा न्यायका लागि द्वन्द्वपीडित समाज, एड्भोकेसी फोरम नेपाल, महिला मानव अधिकार रक्षकहरुको सञ्जाललगायतका संस्थाहरुले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले लामो समयसम्म न सास न लाश भएर बस्नु पर्दा बेपत्ताका परिवारलाई झनै पीडा

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा

यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्। नगरपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र घाईते अपाङ्गलाई लक्षित गर्दै कार्यक्रम ल्याईएको हो।...

शान्ति प्रक्रियाँसँगै प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले  सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए । उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धा...