गण्डकी प्रदेश सभापतिमा देउवा पक्षका जोशीको उम्मेदवारी, को को छन् दाबेदार ?

 नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामार्फत जोशीले समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि आफूले सभापतिमा उम्मेदवारी दिन चाहेको बताए ।पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका जोशीले पार्टीलाई एक नम्बर बनाउने अभियानलाई सहयोग पु¥याउन आफूले उम्मेदवारी दिएको बताए । आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे