भारतको उत्तराखण्डमा हिमताल फुट्दा कम्तीमा आठ जनाको ज्यान गयो, तीन सय ८४ जनाको उद्धार

काठमाण्डाै – भारतमा हिमताल फुट्दा कम्तीका आठ जनाको ज्यान गएको छ । उत्तराखण्डको चमोलीमा हिजो दिउँसो हिमताल फुट्दा तल्लो क्षेत्रमा बाढी आएको थियो । बाढीपछि बोर्डर रोड्स अर्गनाइजेशन (बिआरओ) मा कार्यरत आठ जनाको शव भेटिएको र तीन सय ८४ जनाको उद्धार गरेको भारतीय सेनालाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो । त्यस क्षेत्रमा गएको पाँच दिनदेखि अत्याधिक वर्षा र हिमपात भइरहेकोले उद्धारमा कठिनाइ भएको सेनाले जनाएको छ । उद्धारको काम भइरहेको र ...