घातक हमलापछि चर्चित लेखक सलमान रुस्दीको अवस्था नाजुक रहेको छ । उनी भेन्टिलेटरमा छन् र उनको एउटा आँखा गुम्ने खतरा रहेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार बेलायती लेखकमाथि चक्कु प्रहार भएको थियो । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । आक्रमणका कारण सलमान रुस्दीको कलेजोमा क्षति पुगेको छ ।सलमान रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले सलमान रुस्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । वाइलीले भने, 'सलमानको