चितवनमा कोरोना सङ्क्रमणबाट एकैदिन चार जनाको मृत्यु

चितवन । जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा एक जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्को एकजना कपिलवस्तुका रहेका छन् ।स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा नौ जना र सीएमएसमा चार जना भेन्टिलेटरमा उपचार गराइरहेका हुन् । य