पाँच दलीय सत्तागठबन्धनको जोड उनैको थियो । यो गठबन्धनको विरोध गर्नेहरूलाई उनैका चट्टाबट्टाले ‘गठबन्धन नमान्नेले पार्टी छोडेर गए हुन्छ’ भन्ने सम्मका चुनौती दिए । जुन कुरा कांग्रेसको संस्कारसँग मिल्ने र शोभनीय थिएन । कांग्रेसले देशको भविश्य बनाउने सपना देखेका कांग्रेस नेता–कार्यकर्ताहरु देउवा मण्डलीका यस्तै अपमान जनक ओठे जवाफ सुन्न बाध्य भएका छन् ।