६० म्यानपावरले पठाउन सकेनन् एक जना पनि कामदार, तर पनि जोगिए खारेजीबाट

काठमाण्डौ – वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका आठ सय ७२ म्यानपावर कम्पनीमध्ये ६० म्यानपावरले गएको आर्थिक वर्ष २०७८/७९ मा एक जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार तीन वटा म्यानपावर कम्पनीले एक/एक जना मात्र श्रमिक पठाएका छन् भने तीन ओटा म्यानपावरले दुई/दुई जना मात्रै श्...