कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कालिकोट जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। गत आर्थिक वर्षको समीक्षा गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट जिल्लामा आएका योजनाहरूको बजेट कार्यान्वयन पूर्ण रूपमा गर्न शाहीले निर्देशन दिएका हुन् । त्यसका लागि जिल्ला स्थित सम्पूर्ण कार्यालयका कर्मचारीहरू जिम्मेवारी पूर्वक काम गर्नुहोस्,’शाहीले भने,‘कर्मचारीहरूको कामको रिपोर्टिङको प्रस्तुति कमजोर देखिएको छ। कर्मचारीहरूले काममा अलि जाँगर लगाउनुप–यो।’&