सृजना बस्नेत मृत्यु प्रकरण : हत्या भएको आशंका

सोमबार बिहान घर अगाडि अर्धनग्न अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या भएको आशंका गरिएको छ । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सृजनाको शव घर बाहिर फेला पर्नुले उनको हत्या गरिएको आशंका गरिएको हो । आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृत अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ । बहिनीको शव घर बाहिर फेला परेपनि घरको सबै गेटहरू भित्रबाट बन्द भएकाले बहिनीको