अवैध उत्खननमा संलग्न १४ टिपर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नदीजन्य पदार्थ दोहनमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।