लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन निर्माण प्रक्रिया अघि बढेको छ । यो आयोजना लुम्बिनी प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ पनि हो । भवनको शनिबार अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।