अपांगता भएकाको सिकाइ अवरुद्ध

ललितपुर लुभुकी रञ्जिता स्कुल जान थालेपछि अलिअलि हिँड्न सिक्दै थिइन् । अपांगता भएका व्यक्तिहरू पढ्ने विशेष कक्षामा भर्ना गरेपछि सिकाइमा केही सुधार भइरहेको अभिभावकले महसुस गर्दै थिए । कोरोना महामारी फैलिन थालेसँगै ०७६ चैतमा स्कुल बन्द भयो । लामो समय स्कुल जान नपाएपछि उनले सिकेका कुरा सबै बिर्सिएकी छन् । आनीबानीमा पनि निकै परिवर्तन आएको छ ।