निर्माण सम्पन्न गर्ने क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि एरोथाई कम्पनी थाइल्याण्डका प्राविधिक आइपुगेका छन् ।क्यालिब्रेसन फ्लाइटका लागि गत वैशाखदेखि नै तयार रहेको विमानस्थल कोभिडको जोखिमका कारण प्राविधिक आउन नसक्दा समय पछि सर्दै आएको थियो ।विमानस्थलको आईसिबी टु अन्तर्गतको कम्युनिकेशन, न्याभिगेशन सिष्टम साथै उपकरण जडानको ठेक्का पाएको थाइल्याण्डको एरोथाई कम्पनीले क्यालिब्रेसन फ्लाइटका लागि […]