जुम्ला–कालीकोट सडकमा पहिरो हटाउन पहल, केही ठाउँमा ढुङ्गा फुटाउन 'ब्लास्टिङ' गर्नुपर्ने

जुम्ला – कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडक खण्डको पहिरो हटाउन सुरक्षा निकाय र पालिकाले प्रयास गरिरहेका छन् । गएको हप्ता परेको पानीका कारण पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । जुम्ला–कालीकोट खण्ड छिटो खुलाउनका लागि पालिका र सुरक्षा निकाय जुटेका जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएर राजमार्ग बन्द छ । रारालिहीमा तीन वटा एक्स्काभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन 'ब्लास्टिङ...