उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् । मन्त्री बडूले सोमबार चोभार सुख्खा बन्दरगाहको अवलोकन गरेका हुन् । त्यसक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री बडूलाई बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा जानकारी गराएका थिए ।मन्त्री बडूले सुख्खा बन्दरगाहलाई सरकारको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई निर्देशन दिए । उनले सुख्खा बन्दरगाहमा एकीकृत जाँच चौकी