पाकिस्तानी न्यूरो वैज्ञानिकको रिहाईको माग गर्दै अमेरिकाको यहूदी धर्मस्थलमा बन्धक बनाइएका चारजना रिहा

 अमेरिकाको टेक्सासमा एक व्यक्तिले शनिबार एक यहूदी मन्दिरमा हमला गरेर ४ जनालाई बन्धक बनाएकोमा चारजनाकै रिहाई भइसकेको छ । टेक्सस प्रहरी, स्वाट स्क्वाड र एफबीआई टीमले मिलेर चारैजना बन्धकलाई सुरक्षित बाहिर निकाल्न सफल भएका हुन् ।आतंकवादीले टेक्सासको जेलमा बन्दी पाकिस्तानी न्यूरो वैज्ञानिक आफिया सिद्दीकीलाई छोड्ने माग राखेको थियो । आफियालाई अल कायदासँग सम्बन्ध राखेको आरोपमा अमेरिकाको जेलमा सजाय सुनाइएको थियो ।टेक्सासका गभर्नर ग्रेग एबोटले बन्धकको रिहाईबारे जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति