आसाममा बाढीको स्थिति भयावह, हालसम्म १ ७४ जनाको मृत्यु

आसाममा बाढीको स्थिति अझै पनि भयावह रहेको छ । राज्यभरिमा बाढीबाट २२.१७ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।आसामका ३४ जिल्लामध्ये २७ जिल्लाका कम्तीमा १,९३४ गाउँ बाढीको चपेटामा परेका छन् । काछार जिल्लामा डुबेर थप एक जनाको मृत्यु भएसँगै यस वर्षको अप्रिलदेखि सुरु भएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १७४ पुगेको छ । आसाम भएर बग्ने प्रमुख नदीहरु ब्रह्मपुत्र, कोपिली, दिसाङ र बुर्हिडिहिङहरुमा पानीको बहाव खतराको चिन्हभन्दा माथि नै रहे पनि विगतको भन्दा प्रवाहमा ह्रास आएपछि केही जिल्लाको स्थिति