जंगलमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जंगली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिक रूपमा पालन सुरु गरिएको हो ।
विशेषगरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जंगली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जंगलमा पाइने जडिबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् ।