फुर्सदमा गुइँठा बनाउँदै मधेशका महिला

सर्लाहीका महिला अहिले गोबरको गुइँठा बनाउन ब्यस्त छन् । ग्रामीण भेगमा अझै पनि परम्परागत चुल्होमा गोबरको गुइँठा बालेर खाना पकाउने गरिन्छ । हिजोआज खेतबारीको काम खासै नरहेकाले महिला गुइँठा बनाउन लागिपरेका हुन् ।

सम्बन्धित सामग्री

सुकाइँदै खाना पकाउने गुइँठा

सुनसरीको गढी गाउँपालिका –६ मा घाममा सुकाइएको गोबरबाट बनाइएका गुइँठा । गुइँठा खाना पकाउन र गाईवस्तुलाई कुडो पकाउन प्रयोग गरिन्छ ।

गुइँठा बनाउँदै

सुनसरीको इनरुवा नगरपालिका-४ मा पशुचौपायाको गोबरबाट गुइँठा बनाउँदै स्थानीय महिला ।

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

अझै गुइँठा बाल्न बाध्य छन् विपन्न

'ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो', उनले भनिन्।

गुइँठा बनाउनै व्यस्त

जाडो मौसम लागेसँगै मधेशका महिला गुइँठा बनाउन व्यस्त देखिन्छन् । अग्निसाइर कृष्णसवरण–५, छपककी सुनिता राय भन्नुहुन्छ, “गुइँठा बालेर हामी खाना पकाउँछौँ । गर्मी मौसममा लामखुट्टे भगाउन, जाडोको बेला घर तथा गोठ न्यानो राख्न, हवन गर्न गुइँठा चाहिन्छ नै ।”

इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर

महोत्तरी– खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर संकलन गरेर ‘गुइँठा’ ‘गोरहा’ र ‘चिपरी’ बनाउन अहिले ग्रामीण बस्तीका महिला लागि परेका देखिन्छन् । ग्रामीण क्षेत्रमा ‘गुइँठा’ र ‘चिपरी’ का लागि गोबर संकलन गर्न, सुकाउन र चाङ् लगाएर राख्न व्यस्तता बढेको […]

इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै

महोत्तरी, ५ वैशाख । खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर सङ्कलन गरेर ‘गुइँठा’ ‘गोरहा’ र ‘चिपरी’ बनाउन अहिले ग्रामीण बस्तीका महिला लागि परेका देखिन्छन् । ग्रामीण क्षेत्रमा ‘गुइँठा’ र ‘चिपरी’ का लागि गोबर सङ्कलन गर्न, सुकाउन र चाङ् लगाएर […]

दाउराको सट्टा ‘गुइँठा’

दाङ । दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ ।

खाना बनाउन सुकाइएका गुइँठा

काठमाडौँ,२७ मँसिर । मोरङको जहदा गाउँपालिकाका स्थानीयले खाना पकाउनका लागि घाममा सुकाएको गोबरको गुइँठा । तस्बिरः मोहम्मद सदरुल/रासस