कैलालीका जमिनदार मोहनसिंह परियारकी छोरी निरा बाल्यकालमा सुखशयलमा हुर्केकी मान्छे हुन् । डोटीबाट कैलाली झरेका परियार यहाँको हुने खाने वर्गका मान्छे हुन् । बाल्यकालमा जातीय विभेद र दुःखको असहज परिस्थिति नभए पनि बिहे गरेर डडेल्धुरा पुगेपछि उनले विभेदको जाँतोमा पिसिनुपर्यो । अपमानको विष पिउनु पर्यो । दुःखको पहाड उक्लनुपर्यो । तर राजनीतिक रूपमा सचेत र कम्युनिस्ट पार्टीको सदस्य हुनुको नाताले दुःख सहने, अन्यायको विरोध र प्रतिरोध गर्ने अनि सङ्घर्षलाई जीवन ठान्ने राजनीतिक दर्श