आन्दोलनरत ऋणीबाट असुरक्षा भएको भन्दै गोरखाका लघुवित्त सञ्चालक र कर्मचारीले मागे सुरक्षा

गाेरखा - गोरखाका लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीले सुरक्षा मागेका छन् । अन्दोलनरत ऋणीबाट सुरक्षाको जोखिम भएको भन्दै उनीहरुले स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएका हुन् । वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीलाई धम्की दिने, हातपात गर्ने जस्ता घटना हुन थालेको भन्दै उनीहरुले नियमित काम गर्न नसकिएको बताएका छन् । ज्ञापनपत्रमा गोरखामा सञ्चालनमा रहेका २३ वटा लघुवित्तका शाखा प्रमुखले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले लघुवित्तले लिँदै आएको ब्याजदर, ऋण...