कर्णाली प्रदेशमा ३१ स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

कर्णाली प्रदेशमा विभिन्न पदमा ३१ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा विभिन्न ६ पदमा ३१ कर्मचारी नियुक्त गर्न भन्दै सूचना निकालेको हो।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा जडीबुटी उद्योगको उच्च सम्भावना

काठमाडौं । अन्य प्रदेशहरूको तुलनामा पछि परेको मानिने कर्णाली प्रदेशमा व्यवसायी रूपमा भने थुप्रै सम्भावना देखिएका छन् । विशेषगरी जडीबुटी, पर्यटन, ऊर्जा र कृषि व्यवसायमा उक्त प्रदेशमा उच्च सम्भावना देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकले कर्णालीमा गत आर्थिक वर्ष २०७७÷७८ को पहिलो ६ महीनाको आर्थिक गतिविधि अध्ययन गरेको थियो । विशेषगरी कर्णाली प्रदेशमा जडीबुटीसम्बन्धी उद्योगको उच्च सम्भावना रहेको अध्ययनले देखाएको छ । कर्णालीमा जडीबुटीजन्य कच्चा पदार्थको भण्डार रहेकाले यस्तो सम्भावना रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । उक्त प्रदेशको अधिकांश भूभाग पहाडी तथा उच्च हिमाली क्षेत्रले ओगटेको हुँदा बहुमूल्य जडीबुटी तथा खनिज तेल, खानी र रत्नहरूको भण्डार पनि रहेको अध्ययनले देखाएको छ । यसैगरी कृषिसम्बन्धी व्यवसायको पनि उच्च व्यावसायिक सम्भावना रहेको राष्ट्र बैंकको भनाइ छ । समग्रमा उक्त प्रदेशमा कृषि तथा जडीबुटीसम्बन्धी उद्योग सञ्चालन गरी युवाहरूलाई उद्यमी बनाउँदै रोजगारी सृजना गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । कर्णाली प्रांगारिक कृषिक्षेत्रको ठूलो अंश रहेको हुँदा अर्गानिक कृषि व्यवसायको समेत सम्भावना रहेको राष्ट्र बैंकको भनाइ छ । कर्णालीमा पर्यटनको पनि उच्च सम्भावना रहेको अध्ययनले देखाएको छ । रारा, फोक्सुन्डो, बुलबुले जस्ता सुन्दर तालहरू सोही प्रदेशमा छन् । काँक्रेविहार, देउती बज्यै, चन्दननाथ, पञ्चकोशी ज्वाला क्षेत्र तथा देवलहरू जस्ता धार्मिक तथा सांस्कृतिक महŒवका क्षेत्रहरू र विभिन्न फाँट तथा उपत्यकाहरू पनि त्यस प्रदेशमा छन् । उक्त अवस्थामा कर्णालीमा पर्यटन व्यवसायीको उच्च सम्भावना भएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका कार्यकारी निर्देशन डा. प्रकाशकुमार श्रेष्ठ पनि कर्णाली प्रदेशमा पर्यटनको व्यवसायीको उच्च सम्भावना देखिएको बताए । ‘यो प्रदेशमा राम्रा राम्रा तालहरू तथा हिमालयन दृश्य छन् । साथै, भौगोलिक विविधता पनि छ,’ उनले भने, ‘यो अवस्थामा कर्णालीलाई पर्यटन हब बनाउन सकिन्छ ।’ पर्यटन व्यवसायमा उक्त प्रदेशलाई गण्डकी प्रदेशको ठूलो क्षेत्र बनाउन सकिने उनको भनाइ छ । यस्तै, कर्णाली प्रदेशमा ऊर्जा व्यवसायको पनि सम्भावना देखिएको छ । जलस्रोत, भौगोलिक विविधतालगायत कारण उक्त प्रदेशमा जलविद्युत् व्यवसायको उच्च सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ रहेका ठूलाठूला नदीहरू तथा पानीको अन्य स्रोतबाट आधुनिक प्रविधियुक्त सिँचाइ विस्तारगरी व्यावसायिक कृषि तथा उद्यमशीलता वृद्धि भई उत्पादन र उत्पादकत्व बढाउन सकिने पनि देखिएको छ । उक्त अवस्थामा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि कृषि व्यवसायमा आकर्षण गर्न सकिने अध्ययनले देखाएको छ । अध्ययनअनुसार उक्त प्रदेशबाट धेरै संख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा जाने गर्छन् । उनीहरूलाई कृषि व्यवसायमा आकर्षण गर्न सके कृषिक्षेत्रको उत्पादन तथा उत्पादकत्व पनि बढ्ने बताइएको छ । कर्णालीमा सहुलियतपूर्ण कर्जाको उच्चतम प्रयोग गरी साना तथा मझौला उद्योगहरूको विकास र विस्तार गर्न सकिने देखिएको छ । साथै, उक्त प्रदेशमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पनि लगानीको आवश्यक रहेकाले त्यसतर्पm पनि रोजगारी सृजना हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । यतिका व्यावसायिक सम्भावना रहे पनि उक्त प्रदेशमा चुनौती पनि उत्तिकै रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउँछन् । आवश्यक पूर्वाधार नहुनु नै मुख्य चुनौती रहेको उनको भनाइ छ । ‘पोखरामा रहेको फेवाताल हेर्न जति पर्यटक जान्छन्, त्यो अनुपातमा कर्णालीमा रहेको रारा तालमा जाँदैनन्,’ उनले भने, ‘यस्तो अवस्था आवश्यक पूर्वाधारको विकास नभएर आएको हो । पूर्वाधारको विकास गर्न सके कर्णालीको पर्यटनलगायत क्षेत्रको व्यावसायिक सम्भावना देखिन्छ ।’ वैदेशिक रोजगारीका लागि भारत तथा खाडी मुलुकमा जाने गरेका अधिकांश युवा जनशक्तिलाई प्रदेशमै रोजगारीको अवसर सृजना गरी बढ्दो गरीबी तथा बेरोजगारीलाई न्यूनीकरण गर्नु पनि चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।