ललितपुरमा लाखेको संस्कृति झल्काउने 'डिजिटल आर्ट' प्रदर्शनी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा मजिपा लाखे नाच इन्द्रजात्राको अवधि आठ दिनसम्म नचाइने चलन छ । मजिपा लाखे कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउनको लागि रथको अघि–अघि नाच्दै–नाच्दै हिँड्ने गर्दछ । शान्त भैरवको रूपमा पुजिने लाखेको स्वरूप रातो राक्षसको मुखौटा लगाएको, डरलाग्दो अनुहार भएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा, तासको जामा (पछाडिपट्टि षट्कोण लेखिराखेको) र लुगा लगाएको, हातको औँलामा लामा–लामा नङ्ग्रा भएको, कमरमा ठूला–ठूला घङ्गला र रातो पटुका बाँधेको ह...