कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक ‘इन्ट्री’ : के छ विधेयकमा ?

 कर्णाली प्रदेशसभामा पहिलो पटक ‘गैरसरकारी विधेयक’ दर्ता गरिएको छ । जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता गराएका हुन् । आइतबार उक्त, विधेयक प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले  ‘इन्ट्री’ गराएका हुन् । भण्डारीले दर्ता गराएको विधेयकको दर्ता नम्बर ५८ (गैरसरकारी  क्षेत्रबाट पहिलो) रहेको उनले जानकारी दिए ।यसअघि कर्णाली प्रदेशसभामा सरकारका तर्फबाट ५७ वट