डडेल्धुरा : आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै छ। राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जनतासँग मत माग्न अनेक आश्वासन दिइरहेका छन्। तर, नागरिकहरू पनि उम्मेदवारले दिएको आश्वासनले ढुक्क हुन सकेका छैनन्।विगतका पुरानै एजेन्डा लिएर गाउँगाउँ पुगिरहेका उम्मेदवारलाई नागरिकहरू पनि सचेत गराउन थालेका छन्। यसैको एक उदाहरण हो, डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामाबासी। यहाँका स्थानीयलाई विगतदेखि नै उम्मेदवारले बिजुली पुर्याइदिने आश्वासन दिएपनि अझै गाउँमा बिजुली प