किन हुन सकिरहेको छैन ‘संविधान दिवस’ सबैको ?

नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । मलाई भने संविधान बन्नु अघिको ७ वर्ष पहिलेको पृष्ठभूमि केलाउन मन लागेको छ । समानता, पहिचानसहितको संघीयता, राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेशिता, भाषा, नागरिकता लगायतका माग राखेर भएको मधेस आन्दोलन–३ का एजेण्डाहरू पूरा हुन नसक्दा मधेसी, उत्पीडितले अहिलेसम्म पनि संविधानलाई भित्री हृदयदेखि अपनाउन सकेका छैनन् ।२०७२ साल साउनको पहिलो साता नयाँ संविधानको मस्यौदा जारी हुँदा मधेस विद्रोह&