काठमाडौं। महन्थ ठाकुरको अपिल सार्वजनिक भएको भोलिपल्ट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै प्रतिगमनकारी शक्तिहरू जसपा फुटाउन सक्रिय रहेका भन्दै त्यस्ता प्रतिगमनकारी र यसका मतियारहरूबाट सतर्क र सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन्। अग्रगमन नचाहने, प्राप्त उपलब्धिहरूलाई उल्टाउन चाहने, यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरू षड्यन्त्रमूलक ढंगले जसपा विरुद्ध लागेको उनको आरोप छ।