काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको छ । आज बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरूले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको हो । सत्तामा रहेका नेताहरूले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको...