काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।
आज बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताउनुभएको हो । उहाँले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधि, कला र कौशल राष्ट्रको अमूल्य निधि भएको
उल्लेख गर्दै त्यसको संरक्षण गर्नुप...