काठमाडौंको तारकेश्वरमा सोमबार राति एकै परिवारका ४ जनाको विभत्स अवस्थामा शव भेटियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना भीमसेन थापा गाउँपालिका–६ गोरखा स्थायी घर भई तारकेश्वर नगरपालिका–२, पदमसालस्थित आफ्नै घरमा घरधनी ४१ वर्षीय दिनेश पाण्डेले पत्नी ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिकको हत्यापछि आत्महत्या गरेको खुल्यो । चारै जनाकै पोस्टमार्टम रिपोर्ट आउँन बाँकी छ ।