सेवासुविधा बढेपछि सिभिल अस्पतालका नर्स हर्षित

निजामती कर्मचारी (सिभिल) अस्पतालले एकतर्फी रुपमा सेवा सुविधा र करार कार्यविधि ल्याएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । डक्टर्स एसोसिएशन अफ सिभिल हस्पिटलले हालको सेवा सुविधालाई परिमार्जन गर्न अस्पतालसँग माग गरेको छ । तर, आर्थिक वर्ष ०७८/०८९ को साउन महिनाबाट लागू हुने गरी अस्पताल बोर्डले ल्याएको सेवा सुविधा तथा तलबबारे स्टार्फ नर्सहरुले भने सन्तुष्टि जनाएका छन् ।विगत १२ वर्षदेखि न्यूनतम् पारिश्रमिकभन्दा ३० प्रतिशत कममा श्रम बेच्न बाध्य भएका नर्सहरुको मुहारमा नयाँ सेवा सुविधासम्बन्ध