०८४ मा एक्लै चुनाव लड्ने कांग्रेसको प्रस्तावमा माओवादीको टाउको दुखाइ छैन : उपाध्यक्ष सापकोटा

कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका नगर्नुस् ।’ उनलाई दाहालको प्रश्न थियो, ‘महासमितिले तत्काल गठबन्धन तोड्ने निर्णय त गर्दैन नि ?’ देउवाको छोटो उत्तर थियो, ‘०८४ को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने मात्र बहस हो ।’