निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको जनाउँदै आयोगले यस्ता गतिविधि नगराउन सरोकारवालालाई आग्रह गरेको हो ।