काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक अतृप्त अवसर लोकार्पण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताए। देशको विद्यमान पद्धति र प्रणालीमा सुधार आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘आफ्नै कुर्सी मात्रै