८ लाख घरेलु ग्राहकलाई निःशुल्क बिजुली

सरकारले घोषणा गरेको बजेटको छुटका कारणले नेपाल विद्युत् प्राधिकरणका ८ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत् सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत् निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका अनुसार, विद्युत्का करिब ४१ लाख ग्राहस्थ ग्राहकमध्ये त्यस्ता ग्राहकको संख्या ८ लाख छ ।