जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले समानुपातिकका नाममा आफ्ना नातागोता र पैसा असुलेर उम्मेदवार बनाउने प्रवृत्ति गलत रहेकाले जनताले त्यस्तालाई निर्वाचनमा तिरस्कार गर्नुपर्ने बताउनुभएको छ । आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भए पनि समानुपातिकमा नेताका श्रीमती, छोरा/छोरी, भान्जा/भान्जी र आसेपासेलाई ल्याइनु गलत रहेको प्रतिक्रिया दिनुभएको …