काठमाडौं : कुनै पोलमा गुजिल्टिए डल्लो परेका, कुनै टुक्रिएका त कुनै भुईँमा छरपस्ट भएका तार। घरबाट बाहिर निस्कनासाथ सडकमा ठडिएका प्रत्येक बिजुली र टेलिफोनका सबै पोलमा देखिने दृश्य हो यो।काठमाडौं उपत्यकाका सडक पोलमा टाँगिएका तार अव्यवस्थित हुँदा शहर कुरूप त बनेको छ नै। अर्कातर्फ आगलागी हुँदा अकालमै नागरिकहरूले ज्यान गुमाइरहेका छन्।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार गत वर्षमात्रै अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ। अव्यवस्थित तारले जोखिम भएको र शहरको